October 23, 2017

भारतीय र दक्षिण अफ्रिकी राजदूतले भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरे

काठमाण्डौ, १३ चैत्र । भारतीय राजदूत मन्जिभसिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

हिजो नेपाल आएका राजदूत पुरीले आज राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

मार्च २१ मा भारतीय राजदूत रनजीत रेको पदावधि सकिएपछि भारतले पूरीलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।

यसैबीच आज नै दक्षिण अफ्रिकाका राजदूत रोविना प्याट्रिक म्यार्कसले पनि राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेकी छिन् ।