भारतीय राजदूतावासले भन्यो, ‘ एसएसबीले गोली चलाएको छैन’

काठमाण्डौ, २६ फाल्गुन । कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको कुरालाई नेपालस्थित भारतीय राजदूतावासले खण्डन गरेको छ ।

सीमाक्षेत्रमा देखिएको विवादलाई शान्तिपूर्ण तवरले छलफल गर्न सकिने प्रेस विज्ञप्तिमा उल्लेख छ । सीमा क्षेत्रमा विवाद हुँदा भारतीय सुरक्षा बलको गोली लागेर पुनर्वास नगरपालिकाका २० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो ।

बिहीबार नेपाल र भारतबीच कल्भर्ट बनाएको विवादमा दुबै पक्षबीच झडप भएको थियो । झडपकै क्रममा भारतीय सुरक्षा बलले गोली चलाएको कञ्चनपुरका प्रहरीले बताएकाे छ।