August 24, 2017

भारतीय मुलका क्यानेडियन ठग पक्राउ

काठमाण्डौ, २६ फाल्गुन । भेलेनगट्टुचेरी जेम्सकेट्टे नामका भारतीय मुलका क्यानेडियन नागरिक ठगीको अभियोगमा पक्राउ परेका छन् ।

उनले अच्यूत सापकोटाले पुरानो बसपार्कमा सञ्चालन गरेको भिषा एण्ड ईमिग्रेसन सर्भिसेज प्रा.लि. को सम्पर्कमा आएका नेपाली विद्यार्थीहरुलाई ठगेका थिए ।

उनले राम किशोर गिरी, रोशन गिरी लगायतका १२ जना विद्यार्थीलाई विदेशमा अध्ययन तथा रोजगारीको प्रलोभनमा पारी जम्मा रु. ५३ लाख ८२ हजार लिई रसिया पुर्‍याई ठगेका थिए ।

भेलेनगट्टुचेरी जेम्सकेट्टेलाई उजुरीका आधारमा ठमेलबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक कार्यका लगि प्रक्रिया अघि बढाइएको महानगरीय अपराध शाखाले प्रेस विज्ञप्तिमा बताएको छ ।