August 19, 2017

भारतीय मालवाहक जहाज सोमालियाका समुद्री लुटेराहरुको कब्जामा

काठमाण्डौ, २१ चैत्र । सोमालियाका समुद्री लुटेराहरुले भारतीय  मालवाहक जहाजको अपहरण गरेका छन् । अधिकारीहरुका अनुसार, उक्त जहाज पटल्याण्ड क्षेत्रमा अपहरण गरिएको हो ।

सूत्रमा बताइए अनुसार अपहरित जहाज समुद्री तटतर्फ बढिरहेको थियो र त्यहि समयमा अपहरण गरिएको थियो । जहाजमा कति व्यक्ति सवार थिए भन्ने कुरा अहिलेसम्म जानकारीमा आएको छैन ।

दुई हप्ताअघि पनि समुद्री लुटेराहरुले तेलले भरिएको एउटा ट्यांकरलाई कब्जामा लिएका थिए र पछि उक्त ट्यांकरलाई बिना शर्त छोडिएको थियो ।

पटल्याण्डका एन्टी पायरेसी एजेन्सीका पूर्व निर्देशक आबदिरिजाक मोहम्मद डिरिरले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘मेरो विचारमा सोमालियाका लुटेराहरुले भारतको एक व्यवसायिक जहाजलाई कब्जामा लिएका हुन्, जुन जहाज सोमालियाको समुद्री तटतर्फ बढिरहेको थियो ।’

सन् २०११ मा पनि सोमालियाका लुटेराहरुले २ सय ३७ जहाजमा हमला गरेका थिए ।