October 23, 2017

भारतीय माअाेवादीकाे अाक्रमणमा ११ सुरक्षाकर्मीकाे मृत्यु

काठमाण्डौ २८ फाल्गुन ।  माओवादी विद्रोहीले राखेको एम्बुसमा परी भारतमा शनिबार ११ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

छत्तिसगढ राज्यको सुकमा जंगलमा भएको घटनामा परी अन्य पाँच जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेको रायपुरमा उपचार भइरहेको छत्तिसगढका गृह राज्यमन्त्री रामसेवक पैँकराले बताए । माओवादीहरुले मृत्यु र घाइते भएका सुरक्षाकर्मीका सबै हतियार लिएर गएका छन ।

मृत्यु हुने सबै अर्धसैनिक बल सीअरपीएफको २१९ नम्बर बटालियनका जवान रहेको छत्तिसगढका प्रहरी प्रमुखले बताएका छन ।

माओवादीले अवरोध गरेको सडक खुलाउन जादा अर्धसैनिक बल माथि आक्रमण भएको थियो । एजेन्सी