भारतीय ज्यादतीको विरोधमा कैलाली कञ्चनपुर बन्द

काठमाण्डौ २७ फाल्गुन । भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीविरुद्ध आज कैलाली र कञ्चनपुर बन्दको आव्हान गरिएको छ । बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।

बिहीबार कञ्चनपूर पुनर्वास नगरपालिका ८ स्थित कल्भर्ट निर्माणको विषयलाई लिएर दुई पक्षबीच झडप हुदा एसएसबीले चलाएको गोली लागि गोविन्द गौतमको मृत्यु भएको थियो । भारतीय पक्षबाट भएको ज्यादतीको विरुद्ध नेपाली पक्षले धनगढी बजारसहित महेन्द्रनगरमा समेत प्रदर्शन र नारावाजी गरिरहेका छन।