भारतले जित्यो दोस्रो टेस्ट

काठमाण्डौ, २४ फाल्गुन । भारत र अष्ट्रेलियाबीच जारी दोेस्रो टेस्टमा भारतले जीत दर्ता गर्दै श्रृङ्खलामा १–१ को बराबरी गरेको छ ।

खेलको चौंथो दिनमा भारतले १० विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । भारतका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाएका थिए ।

जीतको लागि अष्ट्रेलियालाई जम्मा १ सय ८८ रन चाहिएको थियो । तर भारतले नाटकीय रुपमा अष्ट्रेलियालाई १ सय १२ रनमा रोक्दै ७५ रनले जीतेको छ ।

भारतलाई जीत दिलाउने क्रममा भारतका रविचन्द्रन आश्विनले जम्मा ४१ रन खर्चेर ६ विकेट लिएका थिए । यो उनको टेस्टमा २५ औं पाँच विकेटको हल हो । खेलका म्यान अफ द म्याच लाेकेश राहुल भए ।

यो जीतसँगै भारत आफ्नो खेलमा फर्किएको छ । अब तेस्रो टेस्ट मार्च १६ बाट राँचीमा हुनेछ ।