October 24, 2017

भारतले कोशीको वहाव प्रभावित हुने गरी निर्माण कार्य थाले पछि सप्तरीका जनता स‍ँकटमा

दिनेश शर्मा /राजविराज, ३१ चैत्र । भारतीय पक्षवाट कोशीको वहावलाई प्रभावित गर्नेगरी च्यानल निर्माण गर्न थालेपछि सप्तरीको विकट गाउँ गोवरगाढाका स्थानीयवासीले स्थानीय प्रशासनसँग हारगुहार गरेका छन् ।
च्यानलका कारण आफुहरु समस्यामा पर्ने भन्दै गोवरगाढावासीले विरोध गरेपछि नेपाल तथा भारतका सरकारी अधिकारीहरुले विहिवार त्यसको स्थलगत अनुगमन पनि गरेका छन् ।


नेपालका तर्फवाट सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर कटवाल तथा भारतको विरपुर जोनका जल संसाधन विभागका चिफ इन्जिनियर प्रकाश दास नेतृत्वको संयुक्त टोलीले च्यानलको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनमाक्रममा हाल कोशीको वहाव वढि जसो पुर्वतर्फवाट रहेकोमा पश्चिमतिरवाट च्यानल खन्न थालेपछि आफुहरुलाई गाउँमा आवत–जावत गर्न समेत समस्या पर्ने गोवरगाढावासीहरुले टोली समक्ष गुनासो गरेका छन् ।


स्थानीय मो. वसिरले च्यानल निर्माण गरेर कोशीलाई पश्चितर्फ मोडने प्रयास भएको भन्दै नदिलाई बिचवाट निकास दिनु पर्ने सुझाव दिए ।
कोशीवाट हुने क्षती नियन्त्रणका लागि भनिए पनि च्यानल बनेपछि टप्पुका रुपमा रहेको गोवरगाढालाई झन ठुलो क्षती हुने स्थानीयको गुनासो छ ।

गाउँलेहरुको गुनासो सुनेपछि भारतीय टोलीका चिफ इन्जिनियर दासले आफुहरुको मनसाय नेपालतर्फ क्षती पुर्याउने नभएको स्पष्ट पार्दै पुर्व सहमति अनुसार नै काम सुरु गरिएको बताए ।
पुर्वाञ्चल क्षेत्रीय सिचाई निर्देशनालय विराटनगरका प्रमुख विनोद झाले ५ वर्षअघि तत्कालिन निर्देशक पुरुशोत्तम कुमार शाहीको रिकमेण्डेसन र सिडब्लुपिआरएस पुनेको मोडल टेस्ट मार्फत आएको रिपोर्ट अनुसार नै च्यानल निर्माण भईरहेको जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी कटवालले दुवै देशका प्राविधीकलाई राखेर यसवारे निस्कर्षमा पुग्नु उत्तम हुने भन्दै आफुहरु वस्तुस्थिती वुझन मात्रै आएको स्पष्ट पारे । ‘यो दुवै देशका सिचाई मन्त्रालयले हेर्ने विषय हो’ उनले भने–‘हामी यसवारे माथिल्ला निकायमा जानकारी गराउने छौं ।’