October 23, 2017

भारतको श्रीनगरमा तनाव, ३ जनाको मृत्यु, दर्जनौ घाइते

काठमाण्डौ, २७ चैत्र । जम्मु–काश्मिरको श्रीनगरमा लोकसभा सिटको लागि भइरहेको उप–चुनावमा प्रदर्शनकारीहरुले मतदान केन्द्रमा ढुङ्गामुढा गरेका छन् ।

प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप भएको थियो । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गरेको फायरिङमा परी ३ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएको भारतीय मिडियाहरुले बताएका छन् ।

श्रीनगर र बडगाम क्षेत्रमा हिंस्रक घटना भएको पाइएको छ । जसका कारण केही मतदान केन्द्रहरुमा १ प्रतिशत मतदान पनि हुन सकेको छैन ।