भारतको गोवामा मनोहर पर्रिकर नयाँ मुख्यमन्त्री

काठमाण्डौ ३० फाल्गुन । भारतको गोवा राज्यका लागि मनोहर पर्रिकर मुख्यमन्त्री नियुक्त भएका छन ।

गोवाकी राज्यपाल मृदुला सिन्हाले पर्रिकरलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । यसअघि राज्यपालले पर्रिकरलाई बहुमत सावित गर्न पन्ध्र दिनको समय दिएको थियो ।

भारतीय जनता पार्टीले राज्यपाल समक्ष सरकार बनाउन दावी पेश गरेपछि नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढेको थियो ।

भाजपाले अन्य दलहरुसंगको साझेदारीमा सरकार बनाएको हो । कुल ४० सिट मध्ये भाजपाले १३ र कांग्रेसले १७ सिटमा जित हासिल गरेको थियो ।