July 24, 2017

भारतका विभिन्न राज्यबाट ३ जना आइएस आतंककारी गिरफ्तार

काठमाण्डौ,७ वैशाख । भारतमा विभिन्न राज्यबाट प्रहरीले तिन जना आइएस आतंककारीलाई गिरफ्तार गरेको छ ।

उत्तर प्रदेश एन्टी टेरर् स्क्वाड(एटीएस) दिल्ली प्रहरी सेल, महाराष्ट्र एटीएस, आन्ध्र प्रदेश ,पन्जाब र बिहार प्रहरीले बुधबार ३ जना आइएस आतंककारीलाई गिरफ्तार गरेको हो । प्रहरीले आतंककारीको आशंकामा अरु ६ जनालाई सोधपुछ्का लागि हिरासतमा राखेको छ ।

यी आतंककारीहरु,आतंकवादी गतिविधि मा संलग्न रहेको हुन सक्ने यूपी एटीएस ले बताएको छ ।