October 19, 2017

भारतकाे लखीमपुरमा दुई बालिकाको बलात्कारपछि हत्या

काठमाण्डौ, १४ चैत्र । उत्तर प्रदेशको लखीमपुर जिल्लामा दुई साना बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।

प्रहरीको पोस्टमार्टमपछि बलात्कार गरिएको पुष्टि भएको हो । प्रहरीको अनुसार ती दुबै बालिकाको शव उखुबारीको आसपास भेटिएको थियो ।

लखीमपुर खीरीका अतिरिक्त पुलिस अध्यक्ष दीपेंद्र नाथ चौबेले बीबीसीलाई भने, ‘दुबै बालिकाको पोस्टमार्टम मेडिकल बोर्डबाट गरिएको र पोस्टमार्टमपछि बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ ।’

चौबेका अनुसार, अहिलेसम्म कसैलाई गिरफ्तार गरिएको छैन र यो घटनाको अनुसन्धानको लागि दुई व्यक्तिलाई हिरासतमा लिइएको छ ।

दुबै बालिकाको उमेर ११–१२ वर्ष रहेको र दुबै साख्य बहिनीहरु रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार, ती दुबै बालिका शनिबार गँहुको काँण टिप्न गएको र साँझसम्म पनि घर फर्किएका थिएनन् ।

भोलीपल्ट बिहानै गाउँबाट लगभग १ किलोमिटर पर एक उखुबारीको वरपर उनीहरुको शव भेटिएको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले उक्त प्रदेश बालिकाको लागि सुरक्षित बनाउने प्रतिज्ञा गरेका छन् ।

मुख्यमन्त्री भइसकेपछि योगीले आफ्नो पहिलो सार्वजनिक भाषणमा भनेका थिए, ‘हामी प्रदेशको माहोल यति सुरक्षित बनाउँछौं कि हर बालिका रात १०–१२ बजे पनि घरबाट एक्लै बाहिर निस्कन सक्नेछन् ।’

उत्तर प्रदेशमा महिला सुरक्षा एउटा ठूलो मुद्दा हो । समाजवादी पार्टीको पछिल्लो सरकारलाई पनि गुण्डागर्दी र बलात्कारको घटनाबारे गम्भिर नबनेको आरोप लागेको थियो । अब नवनियुक्त मुख्यमन्त्री आदित्यनाथले कस्तो कदम चाल्नेछन् यो कुरा त समयले नै बताउनेछ ।