August 23, 2017

भारतकाे उत्तर प्रदेश राज्यका नयाँ मुख्यमन्त्रीमा योगी अादित्यनाथ

काठमाण्डौ ५ चैत्र । भारतीय जनता पार्टीका साँसद तथा कट्टर हिन्दूवादी नेता याेगी अादित्यनाथ भारतकाे उत्तर प्रदेशकाे मुख्यमन्त्री बन्ने निश्चित भएकाे छ ।

शनिबार उत्तर प्रदेशकाे राजधानी लखनउमा बसेकाे भारतीय जनता पार्टीकाे विधायक दलकाे बैठकले याेगी अादित्यनाथलाई सर्वसम्मतबाट विधायक दलकाे नेता छान्दै मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेकाे छ । उनले मुख्यमन्त्रीका रुपमा अाइतबार सपथ लिने छन ।

भारतीय जनता पार्टीका केन्द्रिय पर्यवेक्षक वे‌ँकैया नायडू र भुपेन्द्र यादवकाे उपस्थितिमा  बसेकाे  विधायक दलकाे बैठकले याेगी अादित्य नाथ लाई  विधायक दलकाे नेता छान्दै मुख्यमन्त्री बनाउने निर्णय गरेकाे हाे । उत्तर प्रदेश विधान सभामा जम्मा ४०३ सिटमध्ये भारतीय जनता पार्टीले ३१२ सिटमा चुनाव जितेर बहूमत हासिल गरेकाे थियो ।

यस अघि उत्तर प्रदेशकाे मुख्यमन्त्रीमा भारतका गृहमन्त्री राजनाथ सिँह , भारतीय जनता पार्टीका उत्तर प्रदेश अध्यक्ष  केशव माैर्य लगायतकाे चर्चा थियाे । तर चुनाव प्रचार प्रसारकाे समय देखिनै याेगी अादित्य नाथलाई अागामी मुख्यमन्त्रीका रुपमा उनका प्रशँसकले भारतीय जनता पार्टीका नेताहरुमा दवाव सिर्जना गर्दै अाएका थिए ।

को हून योगी अदित्यनाथ ?

योगी अदित्यनाथ भारतको उत्तर प्रदेशस्थित गोरखपुर सहरमा रहेको प्रसिद्ध गोरखनाथ मँदिरका महन्त हून । सन १९९८ देखि गोरखपुर निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीबाट लगातार पाँचौ पटक लोकसभा सदस्यमा निर्वाचित साँसद हुन । अदित्यनाथ गोरखनाथ मँदिरका पूर्व महन्त अवैद्यनाथ का उत्तराधिकारी हुन ।

सन १९७२ मा हालको उत्तराखण्ड गढवालमा एक गरिब परिवारमा जन्मेका योगी अदित्यनाथको वास्तविक नाम अजय सिँह हो । गढवाल विश्वविधालयबाट विज्ञान तथा गणितमा स्नातक योगी अदित्यनाथ २६ बर्षको उमेरमा पहिलो पटक १९९८ मा भारतको लोकसभामा साँसद निर्वाचित भएका थिए ।

उनका समर्थकहरु योगी अदित्यनाथलाई हिन्दू सम्राटका रुपमा मान्ने गर्दछन । ७ सेप्टेम्बर २००८ मा उत्तरप्रदेशको आजमगढमा उनि माथि साँघातिक आक्रमण भयो । उक्त आक्रमण पछि उनी भारतभरी चर्चामा रहे ।

हिन्दू युवा वाहिनीका सँस्थापक समेत रहेका योगी अदित्यनाथ राजनीतिका साथ साथै कट्टर धार्मिक नेताका रुपमा चिनिन्छन । हिन्दू धर्मको रक्षाका नाममा उनले बेला बेला भाषणमा बोल्ने विषय र शब्दले धार्मिक अतिवादको प्रतिनिधित्व गरेको टिप्पणी हुने गर्दछ ।