October 22, 2017

भारतकाे उत्तरप्रदेशका मुख्यमन्त्रीद्वारा सरकारी कार्यालयभित्र सूर्तीजन्य पदार्थमा राेक

काठमाण्डौ, ९ चैत्र । नवनियुक्त उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले सबै सरकारी कार्यालयमा सूर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाएका छन् ।

सरकारी कार्यालयसँगै स्कुल–कलेज, अस्पतालमा पनि यो कुरा तत्काल लागू गर्न योगीले निर्देशन दिएका हुन् । योसँगै उनले सरकारी कार्यालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा पनि रोक लगाउने भएका छन् ।

उनले सरकारी कार्यालयमा फसेका र लाइनमा रहेका फाइलमाथि पनि चाँडो कामकारबाही गर्न निर्देशन दिएका छन् ।