August 24, 2017

भाईराजा स्मृति क्रिकेट प्रतियोगितामा रोयल स्पोर्टस बिजयी

नेपालगंज २३ फाल्गुन । नेपालगंजमा जारी स्वः रणेन्द्र बहादुर हमाल भाईराजा स्मृति क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा रोयल स्पोर्टस क्लब विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको मंगोलियन क्रिकेट क्लबले निर्धारित २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो ।
प्रतिउत्तरमा १ सय १८ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको रोयल स्र्पोटस क्लबले १५.५ ओभरमा ५ विकेट गुमाउँदै १ सय १८ रन बनाएपछि ५ विकेटले जित बिजय प्राप्त गर्यो ।
मंगलबार नेपाल टाइगर क्लब र टीकापुर क्रिकेट क्लब बिच प्रतिस्पर्धा हुनेछ ।