September 23, 2017

भाइराजा स्मृति क्रिकेटमा जगुवार क्लब सेमी फाइनलमा प्रवेश

नेपालगञ्ज २२ फाल्गुन । नेपालगंजमा जारी स्वः रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगितामा जगुवार स्पोर्टस क्लब विजयी भएको छ ।
आइतबार सम्पन्न खेलमा जगुवारले योङ गन्स क्बललाई २ विकेटले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको यङ गन्सले १८.५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।
सोमबार मंगोलीयन स्पोर्टस क्लब र रोयल स्पोर्टस क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागिता रहेको छ ।