Breaking News

भन्सार छलेर नेपाल ल्याएकाे धान चामल पक्राउ

झापा, १९ चैत्र । भारतबाट भन्सार छलेर नेपाल ल्याएकाे ४९ बोरा धान र चामल प्रहरीले पक्राउ गरेकाे छ ।

झापाको दक्षिणी क्षेत्र बनियानी हुदै भद्रपुर तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले फेला पारी सामान नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

भद्रपुर नगरपालिका ४ स्थित झापा चौकनजिकै पार्किङ गरेर राखिएको मे १ च २७५२ नम्बरको पिक अप भेनवाट ४० बोरा सोना चामल र ९ बोरा धान फेला पारेको वडाका इन्सपेक्टर प्रकाश जवेगूले बताए ।

प्रहरी गस्ती टोलीले सोमबार दिउँसो गाडीसहित सामान फेला पारी कचनकवल गाउँपालिका ४ का २३ वर्षिय चालक वृज बहादुर राजवंशीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

घटना पछि प्रहरीले अनुमानित चामलको १ लाख,धानको १२ हजार र सवारी साधनको ५ लाख मूल्य कायम गरेको जनाएको छ ।

त्यसैगरि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले कचनकवल गाउँपालिका ४ स्थित फरियागाछीबाट ३५० लिटर डिजेल बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजार्दै गरेको २८ हजार ३५० मुल्य बराबरको डिजेल बरामद गरी मेची भन्सार बुझाइसकेको कार्यालयले जनाएको छ ।

shares