भनेजुयलामा विशाल प्रर्दशन : २ को मृत्य

काठमाण्डौ,७ वैशाख । भेनेजुएलामा सरकारको विरोध र समर्थनमा भएका विशाल प्रदर्शनमा  २ जनाकाे मृत्य भएकाे छ ।

नयाँ राष्ट्रपतीय चुनाव र थुनामा रहेका विपक्षी राजनीतिकर्मीको रिहाइको माग गर्दै दशौं हजार मानिस सडकमा उत्रिएका हुन् ।

प्रदर्शन हिंसात्मक बन्दा एक किशोर र महिलाको ज्यान गएको छ । राष्ट्रपति निकोलस मदुरोले विपक्षीहरुले प्रहरीमाथि आक्रमण गरेको तथा लुटपाट गरेको आरोप लगाएका छन् । सरकार समर्थकहरुले पनि राजधानी काराकासमा छुट्टै भेलाको आयोजना गरेका छन् ।

संसारमा सबैभन्दा ठूलो तेल खानी रहेको भेनेजुएलामा जनताले वर्षौयता चर्को महंगी, अपराध र आधारभूत वस्तुको अभाव जस्ता समस्या झेलिरहेका छन् ।