August 18, 2017

भक्तपुर मालपोतका दुई कर्मचारीसहित तीन पक्राउ

भक्तपुर, १२ फागुन । मालपोत कार्यालय भक्तपुरमा अख्तियारले दुई कर्मचारी सहित एक लेखापढी ब्यवसायीलाई पक्राउ गरेको छ ।

मालपोत कार्यालयका नायव सुब्बा ऋषि बुढाथोकी, कार्यालय सहयोगी केशव बहादुर खत्री र लेखापढी बिष्णु हरि न्हिसुतुलाई अख्तियारको पक्राउ गरेको हो । उनीहरुका साथबाट अख्तियारले ६ लाख १४ हजार नगद बरामद गरेको छ ।

लामो समय देखि भक्तपुर मालपोतमा हुने गरेको भ्रष्टाचारको कथा बाहिर आउन नसकेता पनि अख्तियारको निगरानीमा रहेको मालपोतका केही कर्मचारी भने लार्खौ घुस सहित रंगेहात कार्यालय समय सकिसकेपछि अख्तियारको फन्दामा परेका हुन् ।

झन्डै एक हप्ता अघिदेखि पिडितको उजुरीलाई आधार मानेर अनुसन्धान गरिरहेको अख्तियारले घुस सहित सबैलाई प्रत्यक्ष नियन्त्रणमा लिएको हो ।

घुस लिनेहरुलाई अख्तियारका कर्मचारीहरुले बिहान ११ बजेदेखि प्रत्यक्ष निगरानीमा राखेता पनि घुस लिने स्थान बारम्बार परिवर्तन भएकाले समस्या उब्जिएको थियो ।

साँझ पाँच बजेदेखि ६ बजेको समयमा मालपोत कार्यालयको नजिकै रहेको एक होटेलमा उनीहरुले लेखापढि गर्ने न्हिसुतले रकम बुझे पछि भाग लिन आएका नासु नियन्त्रणमा परेको थिए । नियन्त्रणमा रहेको रकम बिचबाट कार्यालय सहायकले एक लाख लिएर बाहिर गएका थिए तर पछि अख्तियारका कर्मचारीले कार्यालका अधिकृतलाई उनलाई बोलाउन भने पछि सहायक समेत रंगे हात नियन्त्रणमा आएका थिए ।