October 18, 2017

भक्तपुरमा सम्पन्न ट्राइथोलन खेलमा नेपाल आर्मीको कब्जा

काठमाण्डौ, २ वैशाख । भक्तपुरमा पहिलो पटक सम्पन्न ट्राइथोलन खेलमा नेपाल आर्मीले कब्जा जमाएको छ ।

भक्तपुर ट्राइथोलन संघले आयोजना गरेको ट्राइथोलन खेलमा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो विधाको उपाधिमा नेपाल आर्मीले कब्जा जमाएको हो । त्यस्तै महिला तर्फको विद्यामा समेत नेपाल आर्मीले आफ्नो कब्जा कायम राखेको छ ।

पुरुष तर्फ क्रमशः त्रिभुवन आर्मीका मान बहादुर थापा, हिमाल टमटा र वसन्त थारुले उपाधि कब्जा गर्न सफल भएका छन् । त्यस्तै महिला तर्फ क्रमशः त्रिभुवन आर्मीकी पुष्पा कुमारी भण्डारी, हिमालयन याक्सनकी लक्ष्मी मगर र आर्मीकै मञ्जु खड्का उपाधि जित्न सफल भएका छन् ।

प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरुष तर्फका विजेताहरुलाई नेपाल ट्राइथोलन एशोसियसनका केन्द्रिय महासचिव निलेन्द्र राज श्रेष्ठ र महिला तर्फका विजेतालाई भक्तपुर प्रहरी परिसरका प्रमुख किरण राणाले नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

६० भन्दा बढी खेलाडीको सहभागिता रहेको ट्राइथोलन दौडने र साईकल चलाएर खेल सम्पन्न गरिएको थियो ।