August 23, 2017

भक्तपुरकाे इवामुरा अस्पतालमा पहिलो पटक पित्तथैलीको बृहत शिविर हुने

भक्तपुर, ११ वैशाख । डाक्टर इवामुरा मेमोरियल अस्पताल भक्तपुरले एक महिने पित्तथैलीको पत्थरी सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा अस्पतालका मेनेजर रन्जीत मारिखुले वैशाख १५ गतेदेखि जेठ १५ गतेसम्म हुने शिविर आयोजनाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।

शिविरमा १ सय ५० जनाको अप्रेशन गर्ने योजना रहेको पनि उनले बताए । भक्तपुरमै पहिलो पटक अत्याधुनिक मेशिनको प्रयोग गरेर पित्तथैलीमा भएको पत्थरीको अप्रेशन गर्न लागिएको मारिखुले जानकारी दिए ।

अस्पतालले शिविर अवधिभर उपचारमा आएका विपन्न परिवारका नागरिकलाई ६५ प्रतिशत छुट दिने भएको छ ।