September 23, 2017

भक्तपुरमा जारी योग शिवीरकाे समापन

भक्तपुर ३१ भदाै । ​”गरौ योग रहु निरोग” भन्ने उदेश्यका साथ  पतंजली नगर योग सुर्य विनायक अन्तर्गत “सिरु योग साधन केन्द्रको”,आयोजना तथा ब्यबस्थापनामा जारी योग शिवीरकाे शनिबार समापन भएकाे छ ।

पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य तथा बागमती अञ्चलका प्रभारी गुरु बाल मुकुन्द सुवालले  शिवीरकाे समापन गरेका हुन ।  कार्यक्रममा ब्लु बर्ड इङलिस स्कूल थैबबाट प्राप्त  डस्टबिन  संतानेश्वोर महादेव  मंदिरलाई हस्तान्तर गरियो ।   कार्यक्रममा धन्यवाद ज्ञापन  सिरु योग साधना केन्द्रका संयोजक बसन्त श्रेष्ठले गरेका थिए ।