भक्तपुरको बोलाछेँ टोलमा हात नभएको लिङ्गो उभ्याइयो

काठमाण्डौ, ३१ चैत्र । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथौं दिन आज बिहान भक्तपुरको बोलाछेँ टोलमा हात नभएको लिङ्गो उभ्याइएको छ ।

आज दिउँसो १२ बजे उक्त लिङ्गो उभ्याएको हो । बोलाछेँको जेठा गणेशको मन्दिर परिसरमा स्थानीय प्रजापति समुदायले राज्यको विरुद्धमा नाक भएको र हात नभएको लिङ्गो उभ्याइने परम्परा छ ।

यसैगरी भक्तपुरको भेलुखेलस्थित योसिखेलमा ५५ हात लामो हात भएको र नाक नभएको लिङ्गो उभ्याइने परम्परा छ ।