Breaking News

भक्तपुरको चाँगुनारायण नपाको प्रमुखमा एमालेका सोम प्रसाद मिश्र विजयी

भक्तपुर, १६ जेठ । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेकपा एमालेका सोम प्रसाद मिश्र विजयी भएका छन् । प्रमुख मिश्रले ८ हजार ५ सय १२ मत ल्याएर विजयी भएका हुन ।

उनका प्रतिस्पर्धी काँग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ मत पाएका छन् । त्यस्तै, उपप्रमुखमा एमालेकी बिना बास्तोला विजयी भएका हुन् । उहाँले ८ हजार ७ सय ३९ मत पाएका छन् । उहाँका प्रतिद्वन्द्वी काँग्रेसकै सरु बानियाँले ७ हजार ४ सय ७६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएलगत्तै नवनिर्वाचित प्रमुख सोम प्रसाद मिश्रले उम्मेदवारी दर्ता र जनताका माझ जाँदा घोषणापत्रमा उल्लेख गरिएका सबैखाले योजनाहरु क्रमागत रुपमा पुरा गर्दै जाने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

उनले नगरको स्वास्थ्य, शिक्षा, खाने, सडक सञ्जाल, ढल निकास लगायतका क्षेत्रलाई प्राथमिकताका आधारमा अघि बढाईले बताए । उनले सरकारले नगरपालिकालाई ४० प्रतिशतको काम दिएर बजेट १७ प्रतिशत मात्रै दिएकोले यो बजेट अपुग भएको भन्दै यस बिषयमा पनि आफूले आवाज उठाउने बताए ।

नौ वटा वडा रहेको चाँगुनारायणका वडामा भने मिश्रित परिणाम आएको छ । वडा नंम्बर ९ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्ष सहितको टीम विजयी भएको छ । एमालेले ३, ४ , ६ र ८ नंम्बर र अरु बाँकी वडामा नेपाली काँग्रेसले जीत हासिल गररेको छ । वडा सदस्य पदमा भने कतिपय वडामा मिश्रित परिणाम आएको छ । ।

shares