August 23, 2017

ब्राजिल सात वर्ष पछि फिफाको वरियताक्रममा पहिलो स्थानमा

काठमाण्डौ, २४ चैत्र । पाँच पटकको विश्व विजेता ब्राजिल सात वर्ष पछि फिफाको वरियताक्रममा पहिलो स्थानमा उक्लिएको छ ।

छनोट चरणमा लगातार जित हात पार्दै सन् २०१८ को विश्वकपमा प्रवेश गरेको पहिलो टोली ब्राजिल अर्जेन्टिनालाई पन्छाउ“दै पहिलो स्थानमा फर्कन सफल भएको हो । गत वरियताक्रममा पहिलो स्थानमा रहेको अर्जेन्टिना एक स्थान तल झर्दै दोश्रो स्थानमा रहेको छ भने जमर्नी वरियतामा तेश्रो स्थानमा रहेको छ ।

फिफाको विश्व वरियतामा नेपाल १ सय १२ अंकका साथ यथास्थानमा रहेको छ । दक्षिण एसियामा पाँचौं स्थानमा रहेको नेपाल विश्व वरियतामा १ सय ७० स्थानमा छ । दक्षिण एसियामा भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोश्रो र अफगानिस्तान तेश्रो स्थानमा रहेको छ