ब्राजिलमा बन्दैछ अनौठो पार्क : इरोटिका ल्याण्ड

काठमाण्डौ,४ वैशाख । ब्राजिल धेरै चिजको लागी प्रसिद्व छ । त्यो मध्ये , राम्रा अनुहारहरु ,खेलाडी र बढि पानी पर्ने जंगल र अरु धेरै हिसाबले ।

अब त्यहाँ एक अर्को आकर्षणको केन्द्रबिन्दु थपिने भएको छ । त्यहाँ अहिलेसम्मकै विश्वकै पहिलो सेक्स थिम पार्कको निर्माण गरिने भएको छ । ८० लाख डलर मा र्निमाण हुने यो पार्कको सन २०१८ भित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको छ । यो पार्क ब्राजिल को साओ पाउलो स्थित पियरसिकावामा बनाइने छ ।

जहाँ हरेक ठाँउमा इरोटिक म्युजियम, नाङगो आकृतिहरु ,इरोटिक खेल , इरोटिक घोष्ट ट्रेन र सेक्स सपहरु रहने छन । विशेष कुरा त वाटर स्लाइड र मेजहरु राखिने छ । ७ डि सिनेमा जसले हेर्दैे गर्दा शरिरको भाइब्रेसन र तापक्रम बढाउनेछ । त्यहाँका हरेक कुराले सुरक्षित र आनन्ददायी सेक्स को आभाष दिलाउने छ ।

त्यहाँ १८ वर्षभन्दा माथिको व्यक्तिहरु मात्र आउन पाउनेछन । प्रत्येक व्यक्तिले त्यहाँ प्रवेश गर्न १०० डलर तिर्नुपर्नेछ । इरोटिक ल्याण्ड विकाशकर्ताका का अनुसार इरोटिक ल्याण्ड मनोरञ्जनका लागि मात्र नभइ यसले सुरक्षित यौनसम्पर्क गर्न सहयोग पुर्याउने विश्वास लिएका छन्

त्यहाँ आउने हरेकलाई कण्डम वितरण गरिनेछ । सुरक्षित यौनसम्पर्कका लागि यो महत्वपूर्ण शिक्षा हुने छ । परियोजनाका मुख्य मौरो मोराटाले यसले ब्राजिलमा विशेष महत्व राख्ने बताए ।