August 17, 2017

बैशाख ३१ र जेठ ३१ गते दुवै मितिमा चुनाव हुन्न : मनिष सुमन

तीन वटै चुनाव कार्तिकमा गर्नु उपयुक्त हुन्छ ।

काठमाण्डौ १६ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले संविधान संशोधन पास नभए सम्म चुनावमा भाग नलिने बताएका छन् । सुमनले बैशाख ३१ र जेठ ३१ गते दुवै मितिमा चुनाव हुन नसक्ने बताएका छन् ।
रिपोर्टस क्लवकाे साक्षात्कारमा उनले भने,‘अहिले धेरै गञ्जागोल छ, हामी त संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि निर्वाचनमा भाग लिँदैनौं ।’ उनले निर्वाचन आयोगले कमिसनको खेलमा हतारहतार गरेर मतपत्र छापेको समेत आरोप लगाए । उनले भने,‘उम्मेद्धारी भएकै छैन, तर मतपत्र हतार गरेर छाप्ने काम भयो, यो सबै कमिशन खान भएको हो ।’
उनले मौसमी र प्राविधिक कुराहरुको तयारीको लागि पनि चुनाव कार्तिकसम्मको लागी सार्नुपर्ने बताए । उनले माघ ७ गतेसम्म तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले अहिले पनि केही हतार नभएको प्रतिक्रिया दिए । उनले तीन तहकै निर्वाचन कार्तिकमा गर्न सकिने बताए ।
सुमनले संविधान जारी गर्दा हतारिँदाको परिणाम अहिले भोगिरहेका दलहरुले निर्वाचन गर्नपनि हतार गर्न नहुनेबारे सचेत गराए । उनले बैशाख ३१ मा चुनाव हुनै नसक्ने ठोकुवा गरे ।