October 20, 2017

बैशाखमै चुनाव गर्न सत्तारुढ दल सहमत  

काठमाण्डौं, फाल्गुन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच वैशाखभित्र नै स्थानीय तहको चुनाव गर्ने सहमति भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको दुई पार्टीबीचको बैठकले यस्तो सहमति गरेको हो ।

निर्वाचन आयोगसँगको छलफलपछि चुनावको मिति घोषण गर्ने बैठकपछि नेताहरुले बताएका छन ।

बैठकमा प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाले जसरी भए पनि वैशाखमा नै चुनाव गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरी अर्को बैठकले चुनावको मिति तय गर्ने दुई दलको तयारी छ ।

मधेसी मोर्चासँग छलफल गरेर स्थानीय तहको संख्या कति राख्ने भन्ने विषयमा समेत छलफल गरिने नेताहरुको भनाइ छ ।

नेकपा एमाले पनि जतिसक्दो चाँडो निर्वाचन गर्ने पक्षमा सरकारलाई दवाव दिँदै आएको छ ।

तर मधेसी मोर्चा भने संविधान संशोधन नगरी चुनावमा गएर आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।