October 22, 2017

बैशाखमा नयाँ शक्ति र फोरम नेपाल एक हुँदै

काठमाण्डौ,१८ चैत्र । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकता काे प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

स्थानीय निकायको निर्वाचनअघि नै एकताको घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ । नयाँ शक्तिका तर्फबाट वार्ता समितिका संयोजक रामचन्द्र झाका अनुसार एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

उनका अनुसार बैशाख १ अथवा पहिलो साता नै एकताको घोषणा हुन सक्नेछ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।