August 21, 2017

बैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार असफल : डा.भट्टराई

काठमाण्डौ, १४ फाल्गुन । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बैदेशिक रोजगारीमा देखिएको समस्या समाधान गर्न सरकार असफल भएको बताएका छन ।
बर्षेनी लाखौ युवाहरु रोजगारीका लागी बिदेश जान बाध्य भएपनि यसमा देखिएको बिकृती समाधानका लागी सरकार असफल भएको बताए ।
नयाँ शक्ति नेपालको प्रवास प्रादेशिक समितिले शनिबार ललितपुरमा गरेको अन्तरक्रिया  कार्यक्रममा डाक्टर भट्टराईले स्वदेशमा नै रोजगारी सिर्जना गर्न सके दक्ष युवाहरु नेपालमा नै परिचालित हुने र मुलुकको विकास पनि हुने धारणा व्यक्त गरे ।
भट्टराईले मुलुक संघियता स्वरुपमा गईसकेको भन्दै स्थानियतहमा नै रोजगारीको सिर्जना हुने सिपमुलक तालिमको व्यवस्था गर्नुपर्ने उल्लेख
गरे । कार्यक्रममा बैदेशिक रोजगार पिडीतहरुले बिदेशमा समस्या परेका वेला राज्यले कुनै वास्ता नगरेको गुनासो गरेका थिए ।