October 24, 2017

बैजनाथ धाममा भव्य मेला

२४ माघ, कञ्चनपुर । डडेल्धुरा र कञ्चनपुरको सिमाना चुरे पहाडमा रहेको वेदकोट ताल तथा कञ्चनपुरको उत्तरी क्षेत्रमा अवस्थित बैजनाथ धाम रौटेला मन्दिरमा सोमबार भव्य मेला लागेको छ ।

नवमीको रातभरि जागरण बसी भजनकीर्तन गरी दशमीको दिन बिहानै वेदकोट तालमा स्नान गरी बैजनाथको पूजा गर्ने परम्परा रहेको छ । रातभरि जागरण बसी दशमीका दिन वेदकोट तालमा स्नान गर्नाले सम्पूर्ण पाप नष्ट हुने जनविश्वास रहेको छ ।

मेला भर्न कैलाली, डडेल्धुराका साथै भारतको बनवासा लगायत क्षेत्रबाट समेत श्रद्धालुहरू आएका थिए ।