October 19, 2017

बैंकले कानुनविपरीत बढी पैसा लिन्छ : निर्माण व्यवसायी

काठमाण्डौ,२८ चैत्र । बैंकले कानुनविपरीत नतोकिएको शीर्षकमा अतिरिक्त शुल्क लिइरहेको निर्माण व्यवसायीले आरोप लगाएका छन ।

निर्माण व्यवसायीलाई बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्दा, एउटा शाखाबाट जारी भएको बैंक ग्यारेन्टी अर्को शाखाबाट बुझिलिँदा बैंक कमिसन सबै भुक्तानी गरी सकेपश्चात पनि सेवा शुल्कको शीर्षक राखेर थप दस्तुर लिने गरिरहेको महासंघले जनाएको हो ।

‘यसरी थप शुल्क लिनु बैंक ऐन–नियम तथा राष्ट्र बैंकको निर्देशनविपरीत हो ।  महासंघका महासचिव रामशरण देउजाले भने । यसअघि नै राष्ट्र बैंकले भने अतिरिक्त शुल्कबारे तोकिएका केही सेवामा बाहेक शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइसकेको छ । यो खबर आजको आजको नयाँ पत्रिका दैनिकमा छ ।