October 23, 2017

बेल्डाँडी खानेपानी ट्याङ्कीको निर्माण कार्यशुरु

विमल धामी/ कञ्चनपुर, २४ चैत्र । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. २ मा खानेपानी निर्माण कार्य शुरु भएको छ ।

खानेपानी निर्माण कार्यका लागि सेती महाकाली ड्रिल उद्योगले ठेक्का पाएको बेल्डाँडी गाउँपालिकाका सुचना अधिकृत राज बहादुर बिष्टले वताए । बेल्डाँडी खानेपानीका लागि ५० लाख बिनियोजन भएको जिल्ला खानेपानी कार्यालयले जनाएको छ । बेल्डाँडी साविक नगरपालिका १,२ र ३ नं. लाई पायक पर्ने गरि खानेपानी निर्माण कार्य शुरु भएको हो ।
बेल्डाँडी गाउँपालिकाले खानेपानीका लागि पुरानो ईलाका प्रहरी कार्यालयको ५ कठ्ठा जमिन दिईएको बेल्डाँडीका सर्वदलिय नेता सन्देश पाण्डेएले बताए । उनले भने “ बेल्डाँडीमा खानेपानीमा आर्सनिकको मात्रा धेरै भएको र विकासको पुर्वाधार मध्ये अति आवश्यक आधार खानेपानी भएकाले आफुहरुले खानेपानीका लागि पटक पटक माग गर्दै आएको बताए ।”
बेल्डाँडीमा खानेपानीको कार्य पहिलो पटक लागु हुदा स्थानियहरुमा खुसी छाएको छ । बेल्डाँडी गाउँपालिकाको धेरै आर्सनीक भएको क्षेत्र बैवाह, इमलिया, झिलमिला र खैरीघाट रहेको एक अध्यनले जनाएको छ ।
उक्त ठाउँमा खानेपानी ब्यवस्थापनका लागि स्थानियहरुले जोडदार माग गर्दै आए पनि स्थानियको आवाज राज्यले नसुनिदिएको प्रति स्थानियहरु चिन्तित बनेका छन् । स्थानिय स्तरका नेताहरुले खानेपानीका लागि पहल भएको भन्दै आसवासन दिदै आएका छन् ।