October 24, 2017

बेल्डाँडीमा सीमा सुरक्षा बल राख्ने भएपछि स्थानीय हर्षित

विमल धामी

कञ्चनपुर, २२ चैत्र । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वडा नम्बर ५ झिलमिला फाटा नजिक सिमा सुरक्षा बलको क्याम्प राख्नका लागि २ बिघा जमिन दिइएको छ ।

स्थानीय राजनितिक दल, किसान मध्यवर्ती सामुदायिक, सीमाका नागरिकहरुको पहलमा वन कार्यालयले २ बिघा जमिन दिने निर्णय गरेको छ । भारतीय पक्षबाट सीमा मिच्नेदेखि विभिन्न खाले आपराधिक क्रियाकलप बढेकाले स्थानियहरुको माग बमोजीम बन कार्यालयले २ बिघा जमिन दिने निर्र्णय गरेको हो ।

भारतीयहरुबाट पटक–पटक पिडित हुदै आएका सीमाबासीहरु सीमा सुरक्षा बल आउने भए पछि हर्षित भएका छन् । मंगलबार सीमा सुरक्षा बलले आफुलाई दिएको ठाउँको अवलोकन गरेको छ ।

स्थानीय दल र स्थानीयबासीहरुको रहोवरमा मंगलबार अवलोकान गरेको हो । ३१ नम्बर पिल्लर भन्दा १ किलोमिटर उत्तर र भारतीय सिमा सुरक्षा बल भन्दा २ किलो मिटर टाढा र शिद्धार्थ युवा क्लवको पश्चिम तिर रहेको जमिन क्याम्पलाई दिएको स्थानिय नेता सन्देश पाण्डेले जानकारी गराए ।

दुई देशबीच सीमाको कारण हुने बिवादलाई अन्त्य गर्नको लागि सशस्त्र प्रहरी बल राख्नु परेको पाण्डेले बताए ।

सिमा सुरक्षा बल बस्यो भने नेपाली लाई डर, त्रास, धक्की जस्ता कार्य घट्ने र मातृ भुमिको रक्षा गर्न सजिलो हुने स्थानीयले बताएका छन् ।