April 26, 2017

 बेलायती सरकारलाई इयूबाट बाहिरिन बाटो खुल्ला, संसदद्बारा ब्रेजिक्ट सम्बन्धी बिधेयक पारित

काठमाण्डौ, १ चैत्र । बेलायती संसदले युरोपियन युनियनबाट अलग्गिन सक्ने सम्बन्धी ब्रेजिक्ट बिधेयक पारित गरेको छ ।

सरकारले स्वीकृतीका लागि पठाएको बिधेयक संसद्ले अनुमोदन गरेसंगै प्रधानमन्त्री थिरेसाले यो अधिकार प्रयोग गर्न पाउने भएका छन । सरकारका मन्त्रीले संसद्को स्वीकृति र न्याय व्यवस्थाको अनुमोदनको स्वागत गरेका छन ।

युरोपियन युनियनबाट बाहिरिने सरकारी दृढतामा संसद्ले समेत बल पुर्याएको उनीहरुको भनाइ छ । युनियनबाट अलग हुने धारा ५० लाई महिनाको अन्त्यसंगै लागू गर्ने सरकारको तयारी छ । धारा ५० लागू भएसंगै मुलुकको स्वार्थमा ठूलो काम हुने सरकारको दाबी छ ।