October 19, 2017

बेलायती संसद बाहिर गोली चल्यो

काठमाण्डौ, ९ चैत्र । लण्डनमा बेलायती संसद बाहिर गोली चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

घटनामा एक जना सुरक्षाकर्मीकाे मृत्यू भएकाे खबर छ । अाक्रमणकारीले घारिलाे हतियारले अाक्रमण गर्दा सुरक्षाकर्मीकाे मृत्यु भएकाे बताइएकाे छ भने । अाक्रमणकारीकाे यकिन पहिचान नभएपनि प्रहरीकाे सुरक्षा कारवाहीमा एक जना शंकास्पद व्यक्तिकाे पनि मृत्यु भएकाे छ । प्रहरीले घटनालाई आतंकवादी  मानेको छ ।

प्रहरी अधिकारीहरुले घटना संसद भवन बाहिर भएकाे पुष्टि गर्दै श‌कास्पद एक जना व्यक्तिकाे प्रहरीकाे गाेलीबाट मृत्यु भएकाे बताएका छन ।