May 26, 2017

बेलायती जोडी एक डेटमा औसत १२९ पाउण्ड स्ट्रलिङ्ग खर्च गर्छन्

काठमाण्डौ, ७ चैत्र । बेलायती प्रेमजोडीले एक डेटमा औसत १२९ पाउण्ड स्ट्रलिङ्ग खर्च गर्ने गरेको एउटा अनुसन्धानले पत्ता लगाएको छ ।

यो खर्च फ्रान्स र जर्मनीजस्ता अरु यूरोपियन राष्ट्रले गर्ने भन्दा झण्डै दोब्बरले बढि हो । यो खर्चमा यातायात खर्च, मनोरञ्जनको खर्च, खाना र पेयपदार्थको साथै कपडा र सौन्दर्य सामग्रीको खर्च पनि सामेल छ ।

मनोरञ्जन, खाना र पेयपदार्थमा बेलायती जोडीको झण्डै आधा हिस्सा रकम खर्च हुन्छ । यी चीजमा मात्रै ४८ प्रतिशत रकम खर्च हुने गरेको अनुसन्धानले देखाएको छ ।

बेलायतको ‘अर्थशास्त्र र व्यापारका लागि अनुसन्धान केन्द्र’ (सिइबिआर) ले प्रतिवर्ष डेटिङबाट ५.८९ बिलियन पाउण्ड स्ट्रलिङ्गले बेलायतको आर्थिक पक्षमा हिस्सा लिने बताएको छ ।

यो अनुसन्धान केन्द्रले ९ हजार ६ सय भन्दा बढि विभिन्न राष्ट्रका मानिसहरुसँग सर्भे लिएको थियो । जसमा बेलायतबाट मात्र १ हजार ७ सय ५० मानिस सहभागि थिए ।

फ्रान्स र जर्मनीमा एक डेटिङको खर्च ४६ पाउण्ड स्ट्रलिङ्ग छ भने इटाली र स्विडेनमा क्रमशः ४७ पाउण्ड स्ट्रलिङ्ग र ४१ पाउण्ड स्ट्रलिङ्ग छ ।

त्यसैगरी नेदरल्याण्ड र स्पेनमा क्रमशः ५२ पाउण्ड स्ट्रलिङ्ग र ५५ पाउण्ड स्ट्रलिङ्ग एक डेटिङमा खर्च हुन्छ । जुन फ्रान्स र जर्मनीको भन्दा थोरैले बढि हो ।