October 23, 2017

बेलायतमा ‘योग’ शब्द सबैभन्दा लोकप्रिय १५ शब्दमा सामेल

काठमाण्डौ, १ वैशाख । बेलायतको लेकेस्टर विश्वविद्यालय र क्याम्ब्रिज युनिभर्सिटी प्रेसको अध्ययन अनुसार ‘योग’ शब्द सबैभन्दा लोकप्रिय १५ शब्दमा सामेल भएको छ ।

फेसबुक र ट्वीटरजस्ता शीर्ष लोकप्रिय शब्दको सूचीमा ‘योग’ पनि परेको हो । यसो हुनुले पनि योगको महत्व र विशेषतालाई दर्शाएको छ ।

अध्ययन अनुसार बेलायतमा अनौपचारिक कुराकानी गर्दा यी शब्दहरु धेरै मात्रामा प्रयोग हुने गर्दछ । अध्ययनकर्ताहरुले के पनि पत्ता लगाएका छन् भने यन्टरनेटमा अङ्ग्रेजी भाषाको निकै प्रभाव रहेको छ ।