बेलायतमा जुन ८ मा मध्यावधि चुनाव हुने

काठमाण्डौ, ५ वैशाख । बेलायतकी प्रधानमन्त्री टेरिजाले जुन ८ मा नै मध्यावधि चुनाव हुने बताएकी छिन् ।

टेरिजाले समयभन्दा अघि नै आम चुनाव गराउनका लागि संसदमा सिफारिश गर्ने बताएकी छिन् । यो घोषणा हुनुपूर्व बेलायतमा कन्जरभेटिम सरकारको अवधि सन् २०२० सम्म थियो ।

टेरिजाले भनिन्, ‘हाम्रो सोच के छ भने सरकारले आम चुनाव गरेर देशलाई स्थायित्व प्रदान गराउनुपर्छ ।’ क्याबिनेटको बैठक सकिए लगत्तै उनले यो घोषणा गरेकी हुन् ।  एजेन्सी