October 23, 2017

बेलायतमा घर भाडामा लिएर वेश्यालय सञ्चालन

काठमाण्डौ, २८ चैत्र । यदि तपाई कसैलाई केही समयको लागि आफ्नो घरको कोठा वा फ्ल्याट भाडामा दिन जाँदै हुनुहुन्छ भने तपाईले पटक–पटक सोच्नुपर्ने कुरा बेलायती पुलिसले सल्लाह दिएका छन् ।

किनकि यस्तो अवस्थामा फ्ल्यालको प्रयोग ठूलो यौनधन्दा चलाउनका लागि प्रयोग गरिने तथ्य सार्वजनिक भएको छ । कलिन (नाम बदलेका) नाम गरेका व्यक्तिले बीबीसीलाई भने, ‘मैले जसलाई फ्ल्याट भाडामा दिएको थिएँ, पछि तिनीहरुले अस्थायी वेश्यालयमा बदलिदिए ।’

‘दुई महिलाहरुले वेवसाइटको माध्यमबाट मेरो फ्ल्याट भाडमा लिएका थिए र भुक्तान रकमबाट गर्न चाहन्थे । मैले सन्देह मान्दै रकम लिन इन्कार गरे । ती दुई महिलाहरु मध्ये मलाई एकको नाम अनौठो लागेको थियो र मैले ती महिलाको बारेमा जान्न गुगलमा सर्च गर्न उपयुक्त ठानेँ ।’ कलिनले बताए ।

जब उनले ती महिलाको नाम गुगलमा सर्च गर्दा ती दुबैको फोटो एकैसाथ देखे । जब उनले ती महिलाहरुको बारेमा अझ धेरै जान्ने इच्छा जगाए, तब उनले ती महिलाहरु उच्च व्यक्तित्व भएका महिलाहरु भएको पत्ता लगाए ।

उनले त्यहाँ विज्ञापन पनि देखे । त्यहाँ ती महिलाहरुको मूल्य १६ सय डलर प्रति रात थियो । कलिनले भने, ‘त्यसपछि म तिनीहरुको फ्ल्याटमा जाँदा वाइन र अत्तरको बासना आइरहेको थियो । खाटमुनि प्रयोग गरिएका कण्डमहरु र आठवटा वाइनको बोत्तल पनि थियो ।’

यो सबै कुरा थाहा पाएर उनले पुलिसलाई फोन गरे । तर यसबारे पुलिसले उनलाइ कुनै जानकारी नदिएको उनको गुनासो छ । उनले भने, ‘मलाई के लाग्थ्यो भने यसरी भाडामा लिइएको घरमा त्यस्तो काम गर्नु अपराध हो ।’

बेलायतको नियम अनुसार, यदि कुनै ठाउँमा एउटा व्यक्तिले पैसा दिएर सेक्सको सुविधा दिन्छ भने त्यसलाई वेश्यालय भन्न मिल्दैन । तर धेरै मानिसहरु संलग्न हुन्छन् भने त्यसलाई वेश्यालयको रुपमा मानिन्छ ।