October 22, 2017

बेलायको संसद् बाहिर आतंकवादी आक्रमण, एक प्रहरी सहित ५ जनाको मृत्यु

काठमाण्डौ १० चैत्र । बेलायतको संसद् बाहिर आतंकवादी आक्रमण भएको छ ।

कारमा आएको एक आक्रमणकारीले सुरुमा पैदल यात्रुलाइ ठक्कर दिएको र त्यसपछि संसद् बाहिर रहेका एक प्रहरी अधिकारीमाथि चक्कु प्रहार गरेका थिए । लगत्तै प्रहरीले आक्रमणकारीलाइ गोली हानी मारेका थिए ।

घटनामा चक्कु लागेका प्रहरी अधिकारी र आक्रमणकारीसहित ५ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन ।घटनापछि संसदको कारवाही रोकि आतंकवादी बिरुद्धको अभियान तिव्र पारिएको छ ।