October 18, 2017

बुवा राष्ट्रपति,छोरी सहयोगी ,ज्वाई सल्लाहाकार

काठमाण्डौ,१८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुत्री इभान्का ट्रम्प आधिकारीक रुपमै ट्रम्प प्रशासनमा राष्ट्रपतिका सहयोगीको रुपमा बेतलवी कामदारको रुपमा आवद्ध हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

अमेरिकी पहिलो छोरी इभान्काले आफ्नो अनौपचारिक क्षमताबाट यसअघि पनि राष्ट्रपति कार्यालयमा सेवा गर्ने सोचको प्रारम्भिक योजनालाई नैतिकता विशेषज्ञहरुको व्यापक आलोचना गरेका थिए ।

बुवाको सहयोगीको रुपमा नियुक्त हुन लागेकी ३५ बर्षे इभान्काका श्रीमान जारेड कुसरन पनि राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार हुन । यो खबर आजको नागरिक दैनिकमा छ ।