बुद्धिचालमा तीन खेलाडी शीर्षमा

स्याङ्गजा,  १४ फाल्गुन  । स्याङ्गजा जिल्ला बुद्धिचाल संघद्धारा आयोजित धनबहादुर प्रधानस्मृति खुल्ला फिडे रेटिंग बुद्धिचाल प्रतियोगितामा शनिबार दोश्रो र तेश्रो चरणका खेलहरुसम्पन्न भएका छन ।तेश्रो चरणको समाप्तिमा पूर्व नेपालच्याम्पियनद्धय बद्रिलाल नेपाली र सिएम भुपेन्द्र निरौला तथा धनुषाका शुशील चौधरी समान ३ अंकका साथसंयुक्तरुपमा शीर्षमा छन् ।स्वीस लिग ७ चरणका खेल हुने प्रतियोगितामा भक्तपुरका भेट्रान गणेशमान दुवाल र चितवनका सुमित पन्तले २ जित र एक बराबरी खेलेर साढे २ अंक जोडेका छन् ।यसैगरी पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार, कास्कीका सुनिल कोइराला र रन्जन कुँवर, दमकका विक्रम सिंहक, स्याङ्गजाका गणेश श्रेष्ठ,
ईश्वर पराजुलि, विपन पराजुलि, छविलालनेपाली, प्रवेश भुजेल,अर्विन कुमार बस्याल, शोभाकान्त ढकाल र रोशन थापाले समान २ अंक प्राप्त
गरेका छन् । पुतलीबजारस्थित लक्ष्मीस्मृति पुस्तकालयमा संचालित खेलमा ३ जना पूर्व नेपाल च्याम्पियनहरुसहित १३ जिल्लाका ४०जना खेलाडीहरु
सहभागी छन् । यस प्रतियोगिताका उत्कृष्ठ १८ जना खेलाडीहरुको लागि कुल ८० हजार नगदपुरस्कार रहेको छ ।