October 24, 2017

बीपी राजमार्ग मर्मत नहुँदा यात्रुलाई सास्ति

काठमाण्डौ,२८ चैत्र । डेढ महिनाअघि सडक धस्सिएर अवरुद्ध भएको बीपी राजमार्गको अझै मर्मत हुन सकेको छैन ।

मर्मत नहुँदा दैनिक सयौं यात्रु सास्ति खेप्न बाध्य छन । फागुन पहिलो साता सुनकोसी र तामाकोसीको संगम त्रिवेणी नजिकै झन्डै ३७ मिटर सडक भास्सिएको थियो । साबिकको अस्थायी सडक मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । तर त्यो साँघुरो र कच्ची भएकाले घण्टौंसम्म सवारी जाम हुने गरेको छ ।

सडक अवरुद्ध भएको स्थानमा खाना र पानी खाने व्यवस्था पनि छैन । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।