June 27, 2017

विमानस्थलबाट डेढ किलो सुन सहित भारतीय नागरिक पक्राउ

काठमाण्डौ, ८ फागुन  । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डेढ किलो अबैध सुन सहित एक जना पक्राउ परेका छन् ।
विमानस्थल भन्सार कार्यालयले आइतबार डेढ किलो सुन सहित दुवईमा जन्मिएका भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

एयर अरेवियाको विमानबाट अाएका  ३५ वर्षे कश्यप कान्तिलाल डेढ किलो सुनसहित पक्राउ परेका हुन् । बरामद सुनको बजार मूल्य ७१ लाख ६३ हजार रुपैयाँ रहेको भन्सार कार्यालयले जनाएको छ ।

उनले आधा आधा किलोको  दुई वटा सिक्री र आधा किलोको बाला लगाएर आएका थिए । पक्राउ परेका कान्तिलाल पहिले देखी नै नेपाल ओहोर दोहोर गर्ने गरेका थिए ।