बिद्युतगृह निर्माणकार्य उत्साहजनक–कुलमान

२४ माघ, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्साहजनक अवस्थामा बिद्युतगृह निर्माण भईरहेको बताएका छन् ।

सोमबार नेपाल उद्योगबाणिज्य महासंघको छलफलमा घिसिङले यस्तो बताएका हुन । उनले पहिलेको तुलानामा अहिले निर्माण भईरहेका बिद्युत आयोजना सकारात्मक दिशामा अघि बढिरहेको धारणा राखेका छन् । अहिलेको गतिमा नै आयोजना निर्माणको कार्यसम्पन्न भए मुलुकभर लोडसेडिङ छिटै अन्त्य हुने दाबी समेत गरेका छन् । उनले १५ सय मेघावटको आयोजना निर्माणको कार्य जारी रहेको भन्दै तामाकोशी लगाएतका आयोजना तीनबर्षभित्रै पुरा भई बिधुत उत्पादन हुने दाबी गरेका छन् ।

कार्यक्रममा नीजी व्यवसायीहरुले औधोगीक क्षेत्रमा बिद्युत नियमित हुन सके आर्थिक बिकासका लागि सकारात्मक हुने धारणा राखेका छन् ।