July 26, 2017

बालिकालाई जबर्जस्तीस्ती करणी गर्ने शिक्षक पक्राउ

बर्दिया, फागुन १६ । बर्दियाको राजापुर नगरपालिकामा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक प्रहरीले पक्राउ गरेको छ ।

राजापुरकै एक विद्यालयमा ६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा राजापुर नगरपालिका ११ का ५४ बर्षीय दिवाकर उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।

शिक्षक उपाध्यायले परीवर्तित नाम थर राजापुर घ की संकेत नम्बर ६६ बालिकालाई ललाई फकाई राजापुरको अमर सहिद दशरथचन्द माविको प्रांगणमा करणी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

शिक्षक उपाध्याय उपर जबरजस्ती करणी सम्वन्धी मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहोराले जानकारी दिए ।