August 20, 2017

बालाजु बाईसधारामा स्नान गर्नेको भीड

काठमाण्डौ, २९ चैत्र । काठमाण्डौको बालाजुस्थित बाईसधारामा मंगलबार मेला लागेको छ । चैत्र शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् ।

बाईसधारामा स्नान गर्दा मुक्तिनाथ तथा गोसाईँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।स्नानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाईसधारा पुगेका थिए ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएका हुन् ।

चैत शुक्ल पूणिर्मामा बाईसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।