September 23, 2017

बालकृष्ण समको १ सय १५ औं जन्म जयन्ती मनाईयो

२४ माघ, काठमाण्डौ ।  नाटयसम्राट बालकृष्ण समको १ सय १५ औं जन्म जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

त्रिमूर्ति निकेतनले पनि बिभिन्न कार्यक्रम गरी नाटयसम्राट समको जन्मजयन्ती मनाएको छ । कार्यक्रममा नाटयसम्राट समको सम्झनामा गोपाल पराजुली, दुर्गा दाहाल, अनुपमा रोशी, भौतिक मल्ल र यादब भट्टराइले कविता वाचन गरेका थिए ।

कार्यक्रममा लेखनाथ पैडयाल काब्यसभाका संयोजक प्रा डा. राजेन्द्र सुबेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, त्रिमृर्ति निकेतनका सदस्य सचिब नरेन्द्रराज प्रसाईले नाट्य सम्राट समका बिषयमा चर्चा गरेका थिए ।