August 17, 2017

बालकल्याण समितिले भारतबाट ३३ बालबालिकाको उद्दार गर्यो

काठमाण्डौ ५चैत्र । केन्द्रीय बालकल्याण समितिले भारतको विहारबाट ३३ जना बालबालिकाको उद्दार गरेको छ ।
बिहारका विभिन्न बालगृहमा आश्रित ती बालबालिकालाई नेपाल फर्काउन सफल भएको बालकल्याण सममितिले जनाएको छ ।
समाज कल्याण निर्देशनालय पटनाको सहयोगमा बिहारका मुजफ्फरनगर र दरभंगा बालगृहबाट ती बालबालिकाको उद्दार गरिएको हो ।
केन्द्रीय बालकल्याण समितिले निर्देश बालगृह, मुजफ्फरपुरबाट १३ जना बालक, सेवा संकल्प बालिका गृह मुजफ्फरपुरबाट २ जना बालिका,निर्देश बालगृहबाट मुजफ्फरपुर (बैंगलोरबाट पठाएका)४ जना बालक, दरभंगा बालगृहबाट १४ जना बालक गरी जम्मा ३३ बालबालिकाको उद्दार गरेको बताएको छ । ती बालबालिकाहरु घरेलु कामदारका रुपमा भारतको बिहार लगिएको हुनसक्ने बताइएको छ ।